पहिरोमा परी मृत्यु तथा घाइते

Sep 12th, 2019

जाजरकोट, २६ भदौ
छेडागाड नगरपालिका-६ बडढुङ्गा पसिलमा बुधबार राति पहिरोमा परी सोही ठाउँस्थित सुवानउली बस्ने १८ वर्षीय खड्क बहादुर रावतको मृत्यु भएको छ । साथै पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने १५ वर्षीय  निम बहादुर रावतलाई उपचारका लागि स्वास्थ्य चौकी सुवानाउली पठाइएको छ । 
घटनास्थलमा प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।