मृत अवस्थामा फेला

Sep 12th, 2019

काठमाडौं,  २६ भदौ
मकवानपुर, 
राक्सिराङ गाउँपालिका-५ वोटबारीस्थित मनहरी खोलाको दोभानमा सोही गाउँपालिका-४ पंन्जनी बस्ने ४५ वर्षीय प्रेम मोक्तान बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । 

महोत्तरी, लवा नगरपालिका-११ भगवतीपुरस्थित बनौटा नहरको कलभर्टमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।  

मुगु, छायाँनाथ रारा नगरपालिका-१ बस्ने ३५ वर्षीय टंक शाही आफ्नै घरमा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका  छन् । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।