• गृहपृष्ठ
  • थाइल्याण्डमा हुने १४औँ एशियाली डोरीतान प्रतियोगितामा नेपाल सहभागी हुँदै

थाइल्याण्डमा हुने १४औँ एशियाली डोरीतान प्रतियोगितामा नेपाल सहभागी हुँदै

Sep 12th, 2019
14th asian game in thailand

मोरङ, २६ भदौ
नेपालले एशियाली डोरीतान खेलमा सहभागिता जनाउने भएको छ । शनिबारदेखि थाइल्याण्डमा हुने १४औँ एशियाली डोरीतान प्रतियोगितामा नेपाल पहिलो पटक सहभागी हुन लागेको हो । 

दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई आज यहाँ बिदाइ गरिएको छ । मोरङ जिल्ला डोरीतान सङ्घले आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेले खेलाडीहरुलाई शुभकामना दिँदै बिदाइ गर्नुभएको हो । टोलीमा कप्तान युवराज चौधरी, सन्तोष तामाङ, अशोक चौधरी, कृष्ण बोगटी, सुजन भुर्तेल, इमरान मिया, महेश चौधरी, रवी कार्की, कृष्ण योञ्जन, दीपक घिमिरे, निरञ्जन विश्वास र मिनराज शर्मा बेलबासे छन् । टोलीमा मुख्य प्रशिक्षक निश्चलराज शाक्य र प्रशिक्षक सूर्य भट्टराई सङ्लग्न रहेको जिल्ला डोरीतान सङ्घकी अध्यक्ष रिता न्यौपानेले जानकारी दिनुभयो । सो प्रतियोगितामा २० देशको सहभागिता रहने छ । रासस