neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्टबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्टबीच सहकार्य

Sep 12th, 2019

काठमाडौं, २६ भदौ 
मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्ट, पोखराकास्कीबीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्मको विशेष छुट दिने व्यवस्था भएको बैंकले जनाएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रुपाकोट रिसोर्टकोे तर्फबाट बिक्रि प्रबन्धक पियुस लामाले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभहुने अपेक्षा बैंकले गरेको छ ।

बैंकले हालसालै मात्र आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भादाै ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको बहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए । 

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi