• गृहपृष्ठ
  • राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो पुराना नोट

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो पुराना नोट

Sep 12th, 2019

काठमाडौं, २६ भदौ
नेपाल राष्ट्र बैंकले पुरानो नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकका अनुसार भदौ २६ गते बिहिबारबाट २० रुपैयाँ र ५० रुपैयाँ दरको पुरानो नोटहरु चलनचल्तीमा ल्याईएको हो । 

नोट चलनचल्तीमा ल्याएको बारेमा राष्ट्र बैंकको पत्र अनुसार २० रुपैयाँ दरको सिरिज वि.सं २०७२ (नोटको अग्रभागमा अंकित तथा नोटको पृष्ठ भागमा अंकित सिरिज २०१६ ए.डी) संकेत नम्वर ञ/४१०००००१ देखि ञ/४१९९९९९९ सम्मको प्रचलनमा ल्याईएको छ । राष्ट्र बैंकका अनुुसार ५० दरको नोटमा पनि सिरिज वि.सं २०७२ (नोटको अग्रभागमा अंकित तथा नोटको पृष्ठ भागमा अंकित सिरिज २०१५ ए.डी ) संकेत नम्वर ज/८६०००००१ देखि ज/८८९९९९९९ सम्म भएको नोट चलनचल्तीमा ल्याएको हो । 

Nepal Rasta Bank, Aadharbhumi.com

New Nepali Rupaiya,aadharbhumi.com