दुई विधेयक पारित

Sep 12th, 2019

काठमाडौँ, २६ भदौ 
राष्ट्रियसभाकोे बैठकले वन र वातारणसित सम्बन्धित दुई विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । 

आजको बैठकले पारित गरेका ती विधेयकमा वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ रहेका छन् । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ती दुई विधेयकलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २९ गते आइतबार दिनको ३ बजे बस्नेछ ।  रासस