• गृहपृष्ठ
  • आइफोन ११ सार्वजनिक, यस्तो छ विशेषता (मूल्यसहित

आइफोन ११ सार्वजनिक, यस्तो छ विशेषता (मूल्यसहित

Sep 12th, 2019

काठमाडौं, २६ भदौ

अमेरिकी स्मार्टफोन कम्पनी एप्पलले आइफोनको नयाँ सिरिज  विश्वव्यापीरुपमा सार्वजनिक  गरेको छ। एप्पल विश्व बजारमै एक प्रख्यात ब्राण्ड हो । म‌ंगलबार अमरेकिको क्यालिफोर्नियामा आयोजित एक कार्यक्रमकाबीच एप्पलले आईफोन-११, आईफोन-११ प्रो र आईफोन-११ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

आइफोन ११ लाई आइफोन एक्सआरको अपग्रेड भर्सन पनि भन्न सकिन्छ । कम्पनीका अनुसार यी फोनहरु रातो,कालो,पहेँलो,सेतो, हरियो र बैजनी गरी ६ रङमा उपलब्ध छन् । ११ सिरिजका फोनहरु आईओएस १३ ओपरेटिङ सिस्टम प्रयोग गरिएको छ। ११ सिरिजमा ६४, १२८ र २५६ जिबीको इन्टरनल स्टोरेज, ११ प्रो र प्रो म्याक्समा ६४, २५६ र ५१२ जीबीको इन्टरनल स्टोरेज उपलब्ध छ।

कम्पनीका अनुसार नयाँ संस्करणको आइफोनका दुई प्रो मोडलहरु (आइफोन ११ प्रो, आइफोन ११ म्याक्स) को ब्याट्री क्षमता आइफोन एक्सएसको भन्दा चारदेखि पाँच घण्टा बढी रहेको छ । तर नयाँ आइफोनमा फाइभ जी को सुविधा भने छैन ।

क्यामेरा नाइड मोड सुविधा समेत भएको आईफोन-११ प्रोको पछाडि ३ वटा क्यामेरा छन् भने आईफोन ११ मा २ वटा छन्। फ्रन्ट क्यामेर १२ मेगापिक्सलको छ। यस्तै फोनले ४ के भिडियोहरु समेत खिच्छ। यी फोनहरुको बजार मूल्य  ६ सय ९९ डलर, ९ सय ९९ र १ हजार ९९ डलर रहेको छ। सेप्टेम्बर १३ देखि यी मोडलका फोनहरु बजारमा उपलब्ध हुने एप्पलले जनाएको छ।