• गृहपृष्ठ
  • एनआईसी एशिया बैंक र ललितपुर जिल्ला अदालतबिच सम्झौता

एनआईसी एशिया बैंक र ललितपुर जिल्ला अदालतबिच सम्झौता

Sep 11th, 2019

काठमाडौं, २५ भदौ 
एनआईसी एशिया बैंक र ललितपुर जिल्ला अदालतबिच सम्झौता भएको छ । बैंकले आफ्नो एक्सटेन्सन काउन्टर र एटिएम मेशिन ललितपुर जिल्ला अदातल परिसमा राख्ने विषयमा अदालतँंग सम्झौता गरेको हो । सम्झौता अनुसार अदालतले एक्सटेन्सन काउन्टर र एटिएम मेशिन संचालनकालागि स्थान उपलब्ध गराउने बैंकले जनाएको छ । 

समझौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरेका छन् । अदालत परिसरमा एक्सटेनस काउन्टठर तथा एटिएम मेशिन संचालनमा आएसँगै अदालतमा जाने सेवाग्राहीलाई आवश्यक रकम ब्यवस्थापन गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।