• गृहपृष्ठ
  • सेञ्चुरी कमर्सियल बैंक आरटीजीएस प्रणालीमा

सेञ्चुरी कमर्सियल बैंक आरटीजीएस प्रणालीमा

Sep 11th, 2019

काठमाडौं, २५ भदौ 
सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा सेञ्चुरी बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने जनाइएको छ ।    

सम्झौता पत्रमा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले हस्ताक्षर गरेका थिए ।