• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकद्धारा मृतकको श्रृण मिनाहा

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको श्रृण मिनाहा

Sep 11th, 2019

काठमाडौं, २५ भदौ
मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको साना तथा लघु बैंकिङ्ग, पर्सा शाखामा सदस्य रहनु भएका मनमाया मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । 

उक्त रकम स्व. मनमाया मगरको छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष टिकादत्त ईटनि, बैंकको पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरीले संयुक्तरुपमा एक लाख ४३ हजार सात सय ८४ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बैंकका सुचना अधिकारी तिल बहादुर गुरुङले बताए ।