• गृहपृष्ठ
  • एशियाली विकास बैंकद्धारा हिमालयन बैंकलाई टीएफपी अवार्ड

एशियाली विकास बैंकद्धारा हिमालयन बैंकलाई टीएफपी अवार्ड

Sep 11th, 2019

काठमाडौं, २५ भदौ
एसियाली विकास बैंक (एडीबी)ले हिमालयन बैंक लिमिटेडलाई टिएफपी अवार्ड प्रदान गरेको छ । बैंकका अनुसार एडिबीलेटे«ड फाइनान्स कार्यक्रम अन्तर्गत उच्चतम कारोबार गरेबापत टीएफपी अवार्ड प्रदान गरेको हो । हिमालयन बैंक एडीबीको उच्च कार्य साझेदार बैंक पनि हो ।

एडिबीद्धारा हिमालयन बैंकलाई बैंकले एसिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो । यही सेप्टेम्बर ३ मा सिंगापुरमा आयोजित ‘एडीबी ट्रेड फाइनान्स प्रोग्राम अवार्ड’ समारोहमा बैंकका महाप्रबन्धक सुशील जोशी र मुख्यप्रबन्धक सतिशराज जोशीले उक्त अवार्ड ग्रहण गरेका हुन् । यो समेत गरी तेस्रो पटक यो अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ ।