• गृहपृष्ठ
  • अटो चार्ज गरिरहेको अवस्थामा एक्कासि करेन्ट लागेर मृत्यु

अटो चार्ज गरिरहेको अवस्थामा एक्कासि करेन्ट लागेर मृत्यु

Sep 11th, 2019

बाँके, २५  भदौ 

नेपालगंज उपमहानगरपालिका-५ बस्ने ६० वर्षीय रामचन्द्र लोदको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित जैदस आरा मिलमा अटो चार्ज गरिरहेको अवस्थामा एक्कासि करेन्ट लागेर गम्भीर घाइते भएका रामचन्द्रको उपचारको लागि भेरी अस्पताल नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।