नेकपाद्वारा दुःख व्यक्त

Feb 22nd, 2019

काठमाडौँ, १० फागुन 
 नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेको छ । 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी वलीको निधनमा दुःख व्यक्त गदै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । वलीको आज राति २ बजे उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । वली गत माघ २५ गते अपरान्ह ४ बजे बुटवलबाट दाङतर्फ जाँदै गर्दा घोराही उपमहानगरपालिका–३ को चिसापानीमा सवारी दुर्घटनामा घाइते हुनुभएको थियो । घाइते वलीलाई उपचारका लागि काठमाडाँै ल्याइएको थियो । उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङबाट निर्वाचित हुनुभएको थियो । 

विज्ञप्तिमा अनेरास्ववियुबाट राजनीतिक यात्रा आरम्भ गर्नुभएका वली तत्कालीन नेकपा ९एमाले०को जिल्ला कमिटी सदस्य हुनुभएको उल्लेख छ । रासस