• गृहपृष्ठ
  • वैदेशिक रोजगारीमा जाने नेपाली घटे, ३१.९% ले बढ्यो रेमिट्यान्स

वैदेशिक रोजगारीमा जाने नेपाली घटे, ३१.९% ले बढ्यो रेमिट्यान्स

Jan 29th, 2019

काठमाडौं, 

चालु आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३१.९५ % ले वृद्धि भई ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह ०.८५ ले घटेको राष्ट्र बैंकले
जनाएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.२५ ले वृद्धि भएको जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.२५ ले बढेको राष्ट्र बैंकको भनाई छ । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २९.८५ ले वृद्धि भई ४ खर्ब २८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५५ ले घटेको थियो । वैदेशिक रोजगार विभागको अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४०.२५ ले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.५५ ले घटेको थियो । यो अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ । अघिल्लो वर्षको ५ महिनामा १ लाख ५५ हजार ३८१ जना नेपाली रोजगारीका
लागि विदेश गएका थिए । चालु आवको ५ महिनामा ९२ हजार ९३१ जना नेपाली मात्र रोजगारीका लागि विदेश गएका छन् । यो ५ महिनामा सबै भन्दा बढी नेपाली कतारमा पुगेका छन् । कतारमा रोजगारीका लागि ३४ हजार २१६, संयुक्त अरब इमिरेट्स (यूएई) मा २४ हजार ६८७, साउदी अरबमा १३ हजार ७१५, कुवेतमा ६ हजार ५३३, मलेसियामा २ हजार ५ सय ३२ जना रहेका छन् ।