• गृहपृष्ठ
  • काग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

काग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

Jan 27th, 2019

काठमाण्डौ, १३ माघ 
शुक्रवार संसदबाट दुइ तिहाइ बहुमतबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विषयमा प्रतिपक्ष दल नेपाली काग्रेस लगायत भातृसंगठनहरु आन्दोलनमा उत्रिएका छन । नेकपाले जबरजस्ती विधेयक पास गरेको प्रतिपक्षदलको दावी छ । विधेयकको विषयलाइ लिएर काग्रेस निकट  नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ । संगठनले आइतबार काठमाण्डौमा स्थित त्रिचन्द्र कलेज , पशुपति , पाटन क्याम्पस र ग्रामिण क्यापसको अगाडि विरोध गरेको छ । संसदबाट पारित चिकित्सा शिक्षा विधेयकको विषयलाइ लिएर आइतबार दिउसो काग्रेसको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा  बस्दैछ । यो वैठकमा आन्दोलनको कुनै कार्यक्रम नभइ केवल  दबाब मूलक कार्यक्रम गर्ने भन्ने  बारेमा केन्द्रीत हुने स्रोत बताउछ ।