• गृहपृष्ठ
  • प्रधानमन्त्रीले राजिनामा दिनु पर्छ ः डा. केसीले

प्रधानमन्त्रीले राजिनामा दिनु पर्छ ः डा. केसीले

Jan 25th, 2019

काठमाडौ, माघ ११ 
सरकारले आफूसँग भएको सम्झौता पुरा नगरि दुइ तिहाइले चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै डा. गोविन्द के.सी.ले प्रधानमन्त्रीको राजिनामा माग्नु भएको छ । शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले आफैले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट सरकार च्युत भएको आरोप लगाउदै राजिनामा माग्नु भएको छ । विज्ञप्तीमा डा.केसी.ले चिकित्सा शिक्ष्ााँ विधेयकका अतिरिक्त छ वटा माग पनि पुरा गर्नुपर्ने भन्दै आफनो अनशनलाइ निरन्तरता दिने उल्लेख गरिएको छ । त्यसैगरि केसीका सहयोगी डा. जिवन क्षेत्रीले सरकारले केसी सँग भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गर्नुको साथै के.सीको स्वास्थय स्थिती खराब बन्दै गइरहेको भन्दै स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताउनु भयो । केसीले  प्रधानमन्त्रीको निर्णय क्षमता स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मुल्य राष्ट्रले चुकाइरहनु  दुर्भाग्यपूर्ण भएको आरोप लगाउनुभएको छ । 
केसीले सत्याग्रहको पक्षमा प्रदर्शन गरिरहेका नागरिकहरुलाई धरपकड र गिरफ्तार गरिएकोमा तत्काल रिहाइको माग गर्दै अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।