• गृहपृष्ठ
  • बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित

बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित

Jan 25th, 2019

काठमाण्डौ, ११ माघ 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधको बामजुद पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ । 

सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई विधेयक पेश गर्ने अनुमति दिनु भएको थियो । 
मन्त्री पोखरेलले पेश गरेको विधेयक संसदको बहुमतले पारित गरेको हो । विधेयक पारित हुँदै गर्दा प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद् भने रोष्टम घेराउ गरेर नाराबाजी गरिरहेका थिए । प्रतिपक्ष दलका सासदहरुले चिकित्सा विधेयक नै त्रुटिपूर्ण भन्दै केहि दिन देखि संसद अवरोध गर्दै आइरहेका थिए । चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आउनु भएको प्रा डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदमा पेश गरेको दाबी सरकारले गरेको छ । यता काग्रेसका सभापति शेरबाहदुर देउवाले सरकारले अधिनायकवादी शैलीमा विधेयक पास गरेको आरोप लगाउनु भएको छ ।