सरकार समृद्धि ल्याउ अडिग

Jan 20th, 2019

काठमाण्डौ, माघ ६
प्रधान मन्त्री केपी शर्मा ओलीले सरकार विकास समृद्धि ल्याउने लक्ष्यमा अडिग रहेको बताएका छन । विधान र घोषणा पत्र अनुसार नै आफनो कार्यक्रमहरु अघि बढाउने प्रधान मन्त्रीले बताएका छन । शनिवार नेपाली काग्रेस त्यागेर नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका पूर्व सांसद तीर्थराज भूषाललाइ स्वागत गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन । विकास र समृद्धि नेकपाको नीति र कार्यक्रम अनुसार आउछ यसमा सबैलाई ढुक्क हुन आह्वान गरेका छन् । साथै संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण भैसकेकोले अब विकास अझ गतिका साथ अगाडि बढने बताएका हुन ।  पार्टीमा बहस विवाद र छलफल हुन्छ तर निर्णय सर्वसम्मत हुन्छ प्रधानमन्त्रीले बताएका छन् ।