११ महिनामा ओली सरकारका २९ काम

Jan 19th, 2019

काठमाण्डौ
प्रशंसा भन्दा पनि आलोचना खपेको के.पी. ओलीको सरकारले ११ महिना पुरा गरेको छ । यो एघार महिनामा २९ काम गरेर प्रशंसा पाएको छ । शान्ति सुरक्षा तथा मानव अधिकारको विषयमा कहि कतै सरकार आलोचित भएपनि दीर्घकालीन मह्त्वका केहि काम पनि गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याउने देखि लिएर किसानको ऋण मिनाहा सम्मका कार्य ओली सरकारले गरेको छ । यो अवधिमा किसानको एक अर्ब ३२ करोड ऋण मिनाह, १६५ कानून शंशोधन , आर्थिक सूचांक उत्साहजनक, प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन , जेष्ठ नागरिक बिमा १ लाख १० प्रतिशत रकम खाता श्रमिकको ज्याला ३९ प्रतिशत बृद्धि बैदेशिक रोजगारीको ठगी नियन्त्रण प्रयास , छिमेकी नीतिमा सन्तुलन , नौसय मेगावाटको अरुण तेस्रो शिलान्यास , भारतीय दूतावासको क्याम्प बन्द यातायात क्षेत्रमा सिन्डिकेट तोडने प्रयास गरेको छ ।

यस्तै राष्ट्यि गौरवका आयोजनाको प्रगति ८० प्रतिशत , राजदूत न्युक्तिमा मापदण्ड , पानीजहाज कार्यालय स्थापना , दुइ रेल किन्ने तयारी ? स्थानीय तहलाइ दरबन्दी स्वीकृत र नमुना कानून , लोडसेडिंग मुक्त देश घोषणा, त्रिभुवन विमान स्थल २१ घण्टा सञ्चालन , विद्यार्थी भर्ना अभियान , कृषिमा ५८ बुँदे कार्ययोजना , प्रधानमन्त्री कृषि परियोजना , शून्य लागतमा बैदेशिक रोजगारी , पर्यटक आगमन २७५ ले बृद्धि , १३७१ वडा र १४६० विद्यालयमा निःशुल्क इन्टरनेट नेपालको आफनै उपग्रह स्यानो स्याटेलाइट , भूकम्पपछिको पुन र्निमाणमा तीब्रता , बन्द उद्योग सञ्चालनको पहल , विमानस्थलको सेवा र व्यवस्था उल्लेख्य सुधार ७७ हजार कर्मचारी समायोजन अन्तिम तिर र विदेशबाट फर्किएका युवालाइ दश लाखसम्म सहुलियत ऋण जस्ता काम गरेको छ । के.पी. ओलीको नेतृत्वमा २०७४ फाल्गुण ३ गते सरकार बनेको थियो । साभार ः नया पत्रिका दैनिक ।